मूल नियमावलीको नियम १४ पछि देहायको नियम१४क. थपिएको छ ः–
“१४क. पदपूर्ति सम्बन्धी विशेष व्यवस्था ः (१) ऐनको दफा ७ को उपदफा (८) बमोजिम निर्धारित पद मध्ये कुन पद कुन किसिमका अपांगहरुको लागि अनुपयुक्त हुने भन्ने सम्बन्धमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
(२) ऐनको दफा ७ को उपदफा (१४) बमोजिम महिला विकास कार्यक्रमका स्थायी पदमा कार्यरत महिला कर्मचारीहरुको बीचमा प्रतिस्पर्धा गराउँदा महिला विकास विभाग अन्तर्गतका विभिन्न जिल्ला स्थित महिला विकास कार्यालयबाट सञ्चालित महिला विकास कार्यक्रमका विकासबाट साधारणमा परिणत भएका स्थायी पदका लागि प्रतिस्पर्धा गराइनेछ । यसरी प्रतिस्पर्धा गराउँदा समान पदमा कार्यरत कर्मचारीहरु बीचमा मात्र प्रतिस्पर्धा गराइनेछ ।
(३) उपनियम (२) बमोजिमको प्रतिस्पर्धात्मक परीक्षामा सहभागि नभएका वा सहभागि भई असफल भएका व्यक्तिलाई सेवाबाट अवकाश दिइनेछ ।”